मोरङको करैया देवीस्थान केन्द्रमा विस्फोटको आवाज आएसँगै मतदान स्थगित
काठमाडौं। मोरङको क्षेत्र नं ६ को बूढीगंगा गाउँपालिका-१ स्थित करैया देवीस्थान केन्द्रमा विस्फोटको आवाज आएसँगै मतदान स्थगित भएको हो। लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विष्फोटको ठूलो आवाज आएपछि मतदाताहरु भागेका थिए।
विष्फोटको आवाजसँगै मतदाताबीच भगदौड मच्चिएको थियो। बम विष्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।
‘सुरुमा बम विष्फोटको हल्ला चलेको थियो । बुझ्ने क्रममा पटका पड्काएको पाइएको छ,’ उनले भने।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment