नेकपा बहुमतका जिल्ला इन्चार्जसहित ८ पक्राउ
कञ्चनपुर। निर्वाचन बिथोल्ने कार्यमा संलग्न भएको भन्दै कञ्चनपुरमा प्रहरीले नेकपा (बहुमत) का जिल्ला इन्चार्जसहित ८ जनालाई नियन्त्रणमा लिएको छ।
भीमदत्त नगरपालिका-४ स्थित भृकुटी माध्यमिक विद्यालय मतदान केन्द्र बाहिरबाट इन्चार्ज हरिश दयालसहित ८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनीहरुलाई आवाश्यक कारवाहीका लागि प्रहरी नियन्त्रणमा लिइएको हो।
नेकपा (बहुमत) र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनाव बहिष्कारको आब्हान गर्दै आएका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment