कास्कीको माछापुच्छ्रेमा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटाए

डिसी नेपाल
४ मंसिर २०७९ १३:०७
168
Shares

पोखरा। कास्कीमा एक मतदाताले मतदानपछि मतपेटिका फुटाइदिएका छन्। कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ स्थित तारेबराह आधारभूत विद्यालय मतदान केन्द्रमा स्थानीय मतदाता तथा नेकपा बहुमतका कार्यकर्ता सूर्य परियारले मतपेटिका फुटाएका हुन्।

परियारले मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेका थिए। उनले मतपेटिका फुटाएपछि केहीबेर मतदान रोकिएको थियो। उनी प्रहरीको नियन्त्रणमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *