भैरहवामा मतपेटिका आउने क्रम जारी, रुपन्देहीको ५ वटै निर्वाचन क्षेत्रमा मतगणना हुने (तस्बिरसहित)

डिसी नेपाल
४ मंसिर २०७९ २१:१४
156
Shares

भैरहवा । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ भैरहवामा मतपेटिका ल्याउने क्रम जारी छ । ३६ वटा वडा रहेकाे याे क्षेत्रमा ४६ वटा मतदान स्थलका १४६ वटा मतदान केन्द्रबाट मतपेटिका ल्याउने क्रम जारी छ ।

मतपेटिका सहित बचेका मतपत्र र अन्य निर्वाचन सामाग्री हरुपनि मतगणना स्थल भैरहवा नमुना माध्यमिक विद्यालयमा बुझाउने क्रम जारी छ । मतपेटिका बुझे पछि सर्वदलिय बैठकले मतगणनाकाे निधाे गर्नेछ ।

१ लाख ३२ हजार ७ सय ९१ मतदाता रहेकाे निर्वाचन क्षेत्र नम्बर ३ मा करिब ६६ प्रतिशत मत खसेकाे प्रारम्भिक तथ्यांकले देखाएकाे छ । मतपेटिका बुझेपछि यकिन डाटा सफ्टवेयरमा प्रविष्ट हुन्छ त्यसलगत्तै  मात्रै  यकिन तथ्यांक आउँछ । याे क्षेत्रबाट मात्रै ५ सय ८४ मतपेटीका संकलन हुनछ । अझै पनि मतपेटिका आउने क्रम जारी छ । रुपन्देहीको ५ वटै निर्वाचन क्षेत्रमा मतगणना हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *