एमाले गोरखा जिल्ला कमिटीले गर्यो पुनः मतदानको माग
गोरखा । नेकपा(एमाले) जिल्ला कमिटी गोरखाले पुनःमतदान गर्न माग गरेको छ । गठबन्धनले निर्वाचन धाधलीपूर्वक सम्पन्न गरेको भन्दै पुनः मतदानको व्यवस्था गर्न एमाले जिल्ला कमिटी गोरखाले माग गरेका हो ।
आइतबार बेलुका एमाले जिल्ला सचिव काजीराम रोकाले एक विज्ञप्ति जारी गर्दै निर्वाचन विरोधी घटनाको छानविन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।
गोरखाका कपितय मतदान केन्द्रमा अनुपस्थिति र मृतकका नामबाट समेत मतदान भएको त्यसको विरोध गर्दा उम्मेदवारका प्रतिनिधिमाथि हातपाथ भएकोभन्दै एमाले गोरखा जिल्ला कमिटीले विरोध जनाएको छ ।
गोरखाको विन्द्रावती माध्यामिक विद्यालय, बालकल्याण आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, हिमालय माध्यामिक विद्यालय, सूर्यज्योती माध्यामिक विद्यालय र पार्वती आधारभूत विद्यालयमा सत्तारुढ गठबन्धन दलबाट निर्वाचन विरोधी गतिविधि भएको आरोप लगाएका छन् ।








डिसी नेपाल







Facebook Comment