कोभिड संक्रमण बढेपछि चीनमा अनलाईन कक्षा सञ्चालन

डिसी नेपाल
५ मंसिर २०७९ १४:४६
84
Shares

बेइजिङ। चीनको राजधानी बेइजिङका विभिन्न जिल्लामा कोभिड संक्रमणका घटनामा वृद्धि भएपछि सोमबारदेखि विद्यार्थीहरुलाई अनलाइन कक्षा सुरु भएको छ।

मध्य हेनान प्रान्तको झेंग्झाउदेखि दक्षिणपश्चिमको चोङकिङसम्म संक्रमण फैलिएको छ। आइतबार २६ हजार ८२४ जना नयाँ  संक्रमित भेटिएका थिए। कोभिडबाट शनिबार दुई जनाको मृत्यु भएको थियो। चीनमा ६ महिनापछि पहिलो पटक काेभिडबाट मृत्यु भएकाे हाे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *