कैलाली ५ मा भोली बिहान ८ बजेदेखि मतगणना हुने

डिसी नेपाल
५ मंसिर २०७९ १८:२८

धनगढी । कैलाली क्षेत्र नम्बर ५ को मतगणना (मंगलबार) भोलि ८ बजेदेखि मात्रै हुने भएको छ ।

सोमबार मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्‍याल बिरामी भएपछि सर्वदलीय बैठकको निर्णयले भोलि बिहान ८ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।

निर्वाचनको बढ्दो दौडधुपका कारण मुख्य निर्वाचन अधिकृत बिरामी परेको जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले बताए ।

उनलाई प्रेसरको समस्या रहेको जनाइएको छ । कैलाली ५ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझासहित ११ जना चुनावी प्रतिस्पर्धामा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *