इन्डोनेसियामा भूकम्पः मृत्यु हुने २६८ पुगे, अझै १५१ जना बेपत्ता

डिसी नेपाल
७ मंसिर २०७९ १०:०२
104
Shares

बाली। इन्डोनेसियाको जाभा टापुमा गएको ठूलो भूकम्पमा परी ज्यान गुमाउने र घाइते हुनेमा धेरैजसो बालबालिका रहेको उद्धारकर्ताहरूले  बताएका छन्। भूकम्पमा परेर अहिलेसम्म २६८ जनाको मृत्यु भएको छ भने १ हजार जनाभन्दा बढी घाइते भएका छन्।

भूकम्पपछि १५१ जना अझै हराइरहेका राष्ट्रिय प्रकोप न्यूनीकरण एजेन्सीले जनाएको छ। भूकम्पका कारण २२ हजार घरमा क्षति पुगेको र प्रभावित क्षेत्रका ५८ हजारभन्दा बढीलाई सुरक्षित क्षेत्रमा लगिएको थियो। सोमबार जाभाको पहाडी क्षेत्रमा ५ दशमलब ६ म्याग्नेच्यिुडको भूकम्प गएको थियो। पश्चिम जाभा प्रान्तको सियानजुर सहर नजिकको गाउँ नै पुरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *