इमरान खानले आफूले पाएको स्वर्ण पदक बेचेः रक्षामन्त्री ख्वाजा

डिसी नेपाल
७ मंसिर २०७९ १०:१६
272
Shares

इस्लामाबाद। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफू क्रिकेट खेलाडी हुँदा भारतबाट पाएको स्वर्ण पदक ‘बेचेको’ रक्षामन्त्री ख्वाजा आसिफले अरोप लगाएका छन्। पूर्वक्रिकेटरसमेत रहेका ७० वर्षीय  खानले प्रधानमन्त्री हुँदा सहुलियत मूल्यमा पाएको महँगो ग्राफ रिस्ट घडीलगायत उपहारहरू बेचेको आरोप लागेको छ।

सोमबार एक टेलिभिजन कार्यक्रममा  खानले ‘भारतबाट प्राप्त गरेको स्वर्ण पदक बेचेको’ आसिफले दाबी गरेका एक्सप्रेस ट्रिब्युन अखबारले  जनाएको छ। खानले कथितले रूपमा बेचेको भनेको स्वर्ण पदकको बारेमा रक्षामन्त्री आसिफले थप विवरण भने दिएका छैनन्।

पूर्वप्रधानमन्त्री खानको कार्य आफैंमा गैरकानूनी छैन। तर, खानका गतिविधि  उनले सधैं बोलेका उच्च नैतिक मापदण्डविपरीत भएको विवरणमा जनाइएको छ।  सामान्यतया, त्यस्ता उपहारहरू स्थायी रूपमा तोषखानामा जम्मा गरिन्छ वा तिनीहरूलाई प्राप्त गर्ने व्यक्तिले थोरै मूल्यमा किन्न सक्छन्। खानलाई पाकिस्तानको निर्वाचन आयोगले तोषखाना मुद्दामा ‘झुटा बयान र गलत घोषणा’ गरेको भन्दै निर्वाचनमा प्रतिष्प्रर्धा गर्न अयोग्य ठहर गरेको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *