भर्जिनियाको डिपार्टमेन्टमा गोली चल्यो, कम्तीमा १० जनाको मृत्यु
न्युयोर्क। भर्जिनियाको चेसापेकमा रहेको एउटा डिपार्टमेन्ट स्टोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ।
आक्रमणकारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। ‘चेसापेक पुलिसले वालमार्टको एक डिपार्टमेन्टमा गोलाबारी भएको पुष्टि गरेको छ। गोलाबारीमा आक्रमणकारीको पनि मृत्यु भएको छ’ चेसापेक शहरले एक ट्वीटमा भन्यो।
गोली हानाहानको खबर प्राप्त भएपछि घटनास्थलमा ४० भन्दा बढी आकस्मिक सेवाका गाडी पुगेका थिए।
भर्जिनिया राज्यका सिनेटर लुइस लुकासले ट्वीटरमा भने, ‘आज राती भर्जिनियाको चेसापीकमा रहेको मेरो जिल्लाको वालमार्टमा अमेरिकाको भर्खरको सामूहिक गोलीबारी भएकोमा म अत्यन्तै दुखी छु। जबसम्म हामीले यस बन्दुक हिंसाको महामारी अन्त्यको समाधान खोज्दैनौँ तबसम्म म आराम गर्नेछैन।’
आक्रमणबारे प्रहरीले छानबिन गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment