करिस्मा मानन्धर भन्छिन्, ‘बाघ त बाघै हो, एमाले पहिलो पार्टी बन्छ’

डिसी नेपाल
९ मंसिर २०७९ ९:२१
428
Shares

काठमाडौँ। नायिका तथा नेकपा एमाले नेत्री करिस्मा मानन्धरले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी चौतर्फी घेराबन्दीमा परेर पनि राम्रो जनमत ल्याएको दाबी गरेकी छिन्।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेकी छिन्, ‘चारैतिरबाट घेराउ हुँदा पनि हाम्रो पार्टीको जुन जनमत आएको छ त्यो राम्रो छ । ( बाघलाइ हायनाहरुले घेरेर चारैतिरबाट झम्टिएको जस्तो देखिन्थ्यो तर बाघ त बाघ हो। )’

समग्रमा १ नम्बर पार्टी नेकपा एमाले नै बन्ने उनको दाबी छ। उनले लेखेकी छिन्, ‘मधेसमा दुई जना महिला प्रतिनिधि जित्नु सानोकुरा होइन। सम्पूर्ण कम्रेडहरुलाई शुभकामना।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *