तस्बिरमा गोकुल बाँस्कोटाको विजयोत्सव
काभ्रे। काभ्रे क्षेत्र नम्बर २ बाट प्रनिनिधिसभा सदस्यमा निर्वाचित एमालेका गोकुल बाँस्कोटाले विजयी र्याली निकालेका छन्।
कांग्रेसका शिवप्रसाद हुमागाईंलाई ५ हजार ८६३ मतान्तरले पराजित गरेका बाँस्कोटा र उनका समर्थकले विजयोत्सव मनाउँदै र्याली निकालेका हुन्।
गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको काभ्रे २ को शुक्रबार सार्वजनिक मतपरिणामअनुसार बाँस्कोटाले ४५ हजार ३४५ मत ल्याएर निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी हुमागाईंले ३९ हजार ४८२ मत ल्याए।














No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment