अष्ट्रेलियामा हजुरबुवाले ५ वर्षीय बालकलाई अजिंगरको मुखबाट कसरी बचाए ?

डिसी नेपाल
१० मंसिर २०७९ १२:१२
220
Shares

काठमाडौं । आफूभन्दा ३ गुणा लामो अजिंगरको आक्रमणबाट ५ वर्षका बालक नराम्ररी घाइते भएका छन् । आक्रमणपछि अजिंगरले बालकलाई समातेर स्विमिङ पुलमा तानेर लगेको थियो । यस क्रममा अजिंगरले बच्चालाई धेरै ठाउँमा टोक्यो ।

संयोगवश, त्यसबेला यस बालकका बुवा र हजुरबुवा स्विमिङ पुल वरिपरि उपस्थित थिए । तत्कालै प्रतिरोध गर्दै उनले बालकलाई अजिंगरको चंगुलबाट मुक्त गराए ।

५ वर्षीय ब्यू ब्लेक वास्तवमा आफ्नो घरको स्विमिङ पुलमा नुहाउन गइरहेका थिए । त्यही बेला झाडीमा बसेको अजिङ्गरले उनलाई आक्रमण गरेको थियो ।

ब्यूका बुबा बेनका अनुसार, “घटनाको समयमा ब्यू स्विमिङ पुलको छेउमा हिँडिरहेको थियो। मलाई लाग्छ कि अजिंगर पुलको किनारमा रहेको झाडीमा बसेको थियो। मैले देखें, कालो छायाजस्तो आकृति बाहिर निस्कियो ब्यूलाई खुट्टामा समात्यो।

पुलको छेउमा बालकका ७६ वर्षीय हजुरबुवा उपस्थित थिए उनले तुरुन्तै स्विमिङ पुलमा हाम फालेर बालकलाई अजिंगरसहित स्विमिङ पुलबाट बाहिर निकाले ।

मेलबर्न रेडियो स्टेशन ३ एडब्लु लाई घटनाको वर्णन गर्दै, ब्यूका बुबा बेनले भने, “मेरो बुबाले ब्यूलाई मेरो तर्फ फ्याँकेपछि, मैले उनलाई १५-२० सेकेन्डमा अजिंगरको चंगुलबाट मुक्त गरें।”

यस क्रममा बालकले पूर्ण साहस पनि देखाए । उनलाई गम्भीर चोट भने लागेको छैन । बेनले भने, ‘बच्चाको शरीरबाट रगत सफा गरिसकेपछि हामीले उसलाई नडराऊ, तिमीलाई बचाउने छौ, किनकि अजिंगर विषाक्त हुँदैन’ भनी बुझायौं ।

बेनको परिवार अष्ट्रेलियाको न्यू साउथ वेल्स प्रान्तको तटीय सहर बायरन बेमा बस्छ। घटनापछि बेनले बच्चाको शरिरमा लागेको घाउको जाँच गरिरहेको बताए ताकि उनी संक्रमणको सिकार नहोउन् ।

रेडियो स्टेसनसँग कुरा गर्दै बेनले यस क्षेत्रमा अजिंगर भेट्नु सामान्य कुरा भएको बताए । बच्चालाई बचाएपछि, बेनले अजिंगरलाई फेरि झाडीमा फालिदिए। उनले भने- “रमाइलो कुरा यो छ कि छोडेपछि अजिंगर ‘क्राइम सिन’ तर्फ फर्कियो।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.