युक्रेन युद्धबारे पुटिनले भने– म तपाइँहरूको पीडा बुझ्छु
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा लडेर मारिएका रुसी सैनिकका आमासँग कुरा गर्दै ‘म तकाइऊहरूको पीडा बुझ्छु’ भनेका छन् । रुसको सरकारी सञ्चारमाध्यममा देखाइएको कार्यक्रममा पुटिनले भनेका छन्– ‘छोरा गुमाउनुको पीडालाई कुनै पनि कुराले अन्त्य गर्न सक्दैन ।’
आलोचकहरूले भनेका छन् कि रुसी सरकारले जानाजानी पुटिन समर्थक महिलाहरूलाई कार्यक्रमको हिस्सा बनाउनको लागि चयन गरेको छ। किनभने युक्रेनमा भएको आक्रमणको रुसमा नै विरोध भइरहेको छ ।
देशैभर रुसी सैनिकका आमाहरूको समूहले आफ्ना छोराहरूलाई कमजोर तालिम, पर्याप्त हतियार र कडा चिसोमा आवश्यक कपडा नपाएर युद्धमा पठाइएको खुलासा गरिएको गुनासो गरेका छन्।
रुसी सेनाले जबरजस्ती युद्धमा पठाइएकाहरूलाई युद्धमा मर्न छोडेको र ज्यानको ख्याल नगरेको पनि धेरै परिवारको आरोप छ ।
शुक्रबार पुटिनले आफ्नो सरकारी निवासमा युक्रेन युद्धमा मारिएका वा लडिरहेका रुसी सैनिकका १७ आमाहरूको समूहसँग भेटवार्ता गरेका थिए। यी मध्ये केही आमाहरूले शोकको प्रतीक गाढा हेडस्कार्फ लगाएका थिए ।
यस कुराकानीको क्रममा पुटिनले भनेका थिए, “म तपाईंलाई यो बताउन चाहन्छु कि म व्यक्तिगत रूपमा र यो देशको नेतृत्वले तपाइँको दुख बुझ्छु र साझा गर्दछु।”
अमेरिकी जनरल मार्क मिलीका अनुसार २४ फेब्रुअरीदेखि सुरु भएको युद्धमा करिब १ लाख रुसी र १ लाख युक्रेनी सैनिक मारिएका वा घाइते भएका छन् ।
क्रेमलिनले सेप्टेम्बरमा सेना परिचालनको क्रममा आफ्नो अभियानमा गल्ती भएको बताएको थियो।
रसियाले युद्धमा सेनामा सामेल हुन मानिसहरूलाई परिचालन गर्न अभियान चलायो। जसमा रुसी सरकारलाई सेनामा जबरजस्ती भर्ती गरी युद्धमा पठाएको आरोप लगाइएको थियो ।







डिसी नेपाल








Facebook Comment