जनताको अपमान नगर्न र भएको इज्जत बचाउन खनाललाई युवा संघ नेताको सुझाव

डिसी नेपाल
११ मंसिर २०७९ ११:२९
860
Shares

काठमाडौं। इलाम-१ मा मतगणना जारी छ। संभवत आजै बेलुकासम्म अन्तिम परिणाम आइसक्ने छ। सो क्षेत्रमा सुरुदेखि नै पछि पर्दै आएका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले धाँधली भएको आरोप लगाएपछि एक दिनसम्म मतगणना रोकिएको थियो।

मतगणनास्थलमा रहेका युवा संघका नेता निरोज पौडेलले मतदान शान्तिपूर्ण ढंगबाट भएको र मतगणना अन्तिम चरणमा पुगेको बेला धाँधली भएको भन्दै पुन मतगणना गर्न नेता खनालले माग गरेपछि हार निश्चित भएपछि मिडियाबाजी गरेको टिप्पणी गरेका छन्।

उनले चुनावको दिन धाँधलीलाई बल पुग्ने कुनै घटना भएको भए त्यसै दिन भन्नु पर्नेमा आफूले हार्ने देखेपछि धाँधलीको आरोप लगाएर बचेखुचेको इज्जत नफाल्न नेता खनाललाई सुझाव दिएका छन्।

लोकतन्त्रमा हारजित दुवै सुन्द पक्ष भएको उल्लेख गर्दै नेता पौडेलले जनताले दिएको मतको कदर गर्न नेता खनाललाई सुझाव दिएका छन्।

पाैडेलले भनेका  छन्-क. झलनाथ खनाल २,४४१ मतले पछि परेपछि मिडियातिर चुनाब नै धाँधॅली भयो भनेर भन्नु भएछ। यदि चुनाबको दिन कँही कतै कुनै घटना भएको थियो भने त्यति नै खेर भन्नु पर्दथ्यो। तर त्यसो भएन अहिले आएर मिडियाबाजी गर्दा बचेकुचेको इज्जत पनि जाने निश्चत छ। सरकार उसैका, कर्मचारी उसैका, सारा स्रोत, साधन र शक्त्ति पनि उसैका कसले धाधॅंली गरेका होलान्? इलामका जनता झलनाथले बिकास नगरेको र पार्टी फुटाएको बिषयमा रिसाएर भोट नदिएको अबस्थामा यतिखेर बोल्नु भनेको हार स्वीकार गर्न नसक्नु हो।लोकतन्त्रमा हार र जीत दुबै सुन्दर पक्ष हुन । जनताले दिएको मतको कदर गर्नु पर्छ। अपमान गर्नु भएन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.