अस्ट्रेलियाको सिड्नीमा २५०० मानिस पूरै नग्न किन भए ?
काठमाडौं । सिड्नीको बोन्डी बिचमा करिब २,५०० व्यक्तिले एक कलाकृतिको लागि नग्न पोज दिएका छन्। छालाको क्यान्सरबारे जनचेतना फैलाउने उद्देश्यले यो कलाकृति बनाइएको हो ।
अमेरिकी फोटोग्राफर स्पेन्सर ट्युनिकले समुद्र तटमा नग्न मानिसहरूको तस्बिर खिचेर छालाको क्यान्सरको बारेमा सचेतना फैलाइरहेका छन्। यसको उद्देश्य अष्ट्रेलियाका मानिसहरूलाई नियमित छाला परीक्षण गराउन उत्प्रेरित गर्नु हो।
विश्व क्यान्सर अनुसन्धान कोषका अनुसार अष्ट्रेलिया छालाको क्यान्सरको सन्दर्भमा विश्वमा सबैभन्दा बढी प्रभावित देश हो। स्थानीय समय अनुसार बिहान ३.३० बजे स्वयंसेवकहरू समुद्र तटमा भेला भए र नग्न पोज दिए।
कार्यक्रममा भाग लिने ७७ वर्षीय ब्रुस फिशरले एएफपी समाचार एजेन्सीलाई भने: “मलाई लाग्छ यो राम्रो विचार हो। मलाई जे भए पनि बोन्डी बीचमा स्ट्रिप गर्न मन पर्छ।”
फोटोग्राफर ट्युनिक विश्वभरका चर्चित स्थानहरूमा कलात्मक नग्न फोटो खिच्नका लागि प्रसिद्ध छन्।







डिसी नेपाल








Facebook Comment