चीनको सिनजियाङमा कोरोना लकडाउनको विरोधमा जनताको प्रदर्शन
काठमाडौं । चीनमा कोभिड लक डाउनको कडा नियमको विरुद्धमा आम जनताले विरोध गरेका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।
बिहीबार एउटा अपार्टमेन्ट ब्लकमा भएको आगलागीमा १० जनाको मृत्यु भएपछि यी प्रदर्शनहरू भइरहेका छन्। कोभिडका कारण लागू गरिएको कडा नियमका कारण मानिसले आगोबाट आफ्नो ज्यान जोगाउन नसकेको स्थानीयको गुनासो छ ।
चीनको उरुम्चीमा सुरक्षाकर्मीसँग मानिसहरु लडिरहेका देखिएका छन् । ती मानिसहरूले नारा लगाएका थिए- ‘कोभिड लकडाउन अन्त्य गर’। चीनमा कडा शून्य कोभिड नीति लागू भए पनि त्यहाँ फेरि एक पटक कोरोना संक्रमण तिब्र गतिमा फैलिरहेको छ ।
उरुम्की प्रशासनले अब बिस्तारै प्रतिबन्ध कम गर्ने बताएका छन्। यद्यपि प्रशासनले लकडाउनको नियमका कारण आगलागीबाट जनता बच्न नसकेको आरोपलाई अस्वीकार गर्दै आएको छ । पश्चिमी सिन्जियाङ क्षेत्रको राजधानी उरुम्चीमा कोभिडका कारण अगस्टको सुरुदेखि नै कडा प्रतिबन्ध लगाइएको छ।
बिहीबारको दुर्घटनापछि भवनका एक बासिन्दाले बीबीसीलाई भने कि जुन कम्पाउण्डमा आगो लागेको थियो, त्यहाँ बस्ने मानिसहरूलाई कडा लकडाउन नियमका कारण घरबाट बाहिर निस्कन रोकिएको थियो।
यो दाबीलाई चीनको आधिकारिक मिडियाले अस्वीकार गरेको छ । यद्यपि, उरुम्की अधिकारीहरूले शुक्रबार ढिलो माफी मागेको भन्दै “आफ्नो कर्तव्यहरू ठीकसँग नगर्नेलाई सजाय दिइने” बताएका छन् ।







डिसी नेपाल








Facebook Comment