रुस र युक्रेनद्वारा युद्धबन्दी आदानप्रदान
किभ। रसिया र युक्रेनले बिहीबार युद्धबन्दी आदानप्रदान गरे। दुबै पक्षले ५० जना युद्धबन्दी आदानप्रदान गरेका किभ र मस्कोका अधिकारीहरूले जानकारी दिए। रुसी रक्षा मन्त्रालयले युक्रेनले पक्राउ परेका ५० रुसी सैनिकलाई रिहा गरेको जनाएको छ।
त्यस्तै, युक्रेनी राष्ट्रपति प्रशासनका प्रमुख एन्ड्री येर्माकले युक्रेनले ४८ सैनिक र दुई अफिसरहरू प्राप्त गरेको छ जसमा समुद्री, पैदल सेना, सीमा रक्षक र क्षेत्रीय रक्षाका सदस्यहरू छन्।
‘हामीले मारिओपोलका १९ रक्षकहरू, चोर्नोबिल आणविक उर्जा केन्द्रका १५ जना र ज्यामिनी टापुबाट सात जना युद्धबन्दीलाई फिर्ता गर्न सफल भएका छौं’, येर्माकले भने।
रुसी नियन्त्रणमा रहेको युक्रेनको दोनेत्स्क क्षेत्रको मस्को समर्थित प्रमुख डेनिस पुसिलिनले यसअघि किभसँग कैदी आदानप्रदान भइरहेको बताएका थिए।
फेब्रुवरीमा युक्रेनमा द्वन्द्व सुरु भएदेखि किभ र मस्कोले हालसम्म १ हजारभन्दा बढी युद्धबन्दीहरू आदानप्रदान गरिसकेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment