स्थानीय चुनावमा नराम्रो हार बेहोरेपछि ताइवानकी राष्ट्रपतिले पार्टी प्रमुखबाट राजीनामा दिइन्
काठमाडौं । स्थानीय चुनावमा आफ्नो पार्टी डेमोक्र्याटिक पिपुल्स पार्टी (डीपीपी)को कमजोर प्रदर्शनपछि ताइवानकी राष्ट्रपति साई इङ–वेनले शनिबार अध्यक्ष पदबाट राजीनामा दिएकी छन् ।
विपक्षी कुओमिन्ताङले यी चुनावमा राम्रो प्रदर्शन गरेको छ र राजधानी ताइपेई सहित धेरै प्रमुख शहरहरू जितेको छ। ताइवानमा हुन लागेको निर्वाचनमा सारा विश्वको नजर थियो । ताइवानलाई लिएर पछिल्लो समय चीन र अमेरिका आमनेसामने भएका छन् र यो टापु विश्व राजनीतिमा चर्चाको केन्द्र बनेको छ।
चीन र ताइवानबीच बढ्दो तनावलाई मध्यनजर गर्दै राष्ट्रपति साइ इङ वेनले यस चुनावमा ‘लोकतन्त्रका लागि भोट’ भन्ने नारा दिएकी थिइन् ।
शनिबार नतिजा आएपछि सञ्चारकर्मीसँग कुरा गर्दै साईले भनिन्, ‘चुनावको नतिजा हामीले सोचे जस्तो भएन । म यस परिणामको जिम्मेवारी लिन्छु र तत्काल प्रभावबाट डीपीपी अध्यक्ष पदबाट राजीनामा दिन्छु।
घरेलु मुद्दाहरू स्थानीय परिषद् र सहर मेयरको चुनावमा केन्द्रित थिए, जसमा अपराध, आवास र सामाजिक कल्याण जस्ता मुद्दाहरू केन्द्रित थिए। यी निर्वाचनहरू कुनै पनि हिसाबले चीन वा परराष्ट्र नीतिसँग प्रत्यक्ष सरोकार नभए पनि जनतालाई भोट हाल्न अपिल गर्दै देशको लोकतन्त्रको बारेमा सोचेर मतदान गर्न आग्रह गरेको छ ।







डिसी नेपाल








Facebook Comment