प्रदेश १ मा २४ सिटसहित एमाले पहिलो दल

डिसी नेपाल
१२ मंसिर २०७९ १२:३१

काठमाडौँ। गत ४ मंसिरमा सम्पन्न भएको प्रदेशसभा निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ।

निर्वाचन आयोगले हालसम्म सार्वजनिक भएको मतपरिणामअनुसार प्रदेश नम्बर १ मा नेकपा एमाले २४ मतसहित पहिलो पार्टी भएको छ। प्रदेश १ मा पाँच दलले मात्रै जित हासिल गर्न सकेका छन्।

यसैगरी, सत्तारुढ नेपाली कांग्रेस भने १४ सिटसहित दोस्रो स्थानमा रहेकाे छ भने माओवादीले प्रदेश १ मा जम्मा ७ वटा सिटमा जित हासिल गरेको छ।

निर्वाचन आयोगका अनुसार माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले जम्मा २ सिटमा सीमित हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि २ सिट नै विजय हासिल गरेको छ। केही क्षेत्रको मतगणना अझै जारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *