महिला हिंसाविरूद्धको १६ दिने अभियान : पहिलाे दिनमै सप्तरीमा दुई महिलाको हत्या

डिसी नेपाल
१२ मंसिर २०७९ १३:३६
120
Shares

सप्तरी। लैंगिक हिंसाविरूद्ध १६ दिने अभियान सुरू भएको पहिलो दिन नै सप्तरीमा दुई जना महिलाको हत्या भएको छ। बोदेबर्साइ नगरपालिका बनौला घर भई राजविराज नगरपालिका– १ बस्दै आएकी ३५ वर्षीया गीता देवी रजक शनिवार मृत अवस्थामा भेटिएकी थिइन्। बिहान घर नजिकै रहेको टिनको छाप्रोमा उनको शब हत्या भएको अवस्थामा भेटिएको स्थानीयले बताएका छन्।

उनी बनौलाका हिरालाल रजककी तेस्री श्रीमती बनेर १५ वर्षअघि भित्रिएकी थिइन् । तीन छोरी र एक छोराकी आमा गीतालाई उनकै श्रीमानले हत्या गरेका आरोप छ। दुई महिनायता उनका श्रीमानले कुटपिट गरि घरबाट निकाला गरेका थिए।

शुक्रबार दिनभर सँगैको खेतमा धान काटेकी स्थानीय १७ वर्षीया कन्चन रजकका अनुसार बेलुका ५–६ बजेसम्म सकुसल नै थिइन्। रजक भन्छिन्, ‘मैले गीतालाई घर जाउँ भन्दा धान ओसार्नु छ। नओसारे श्रीमानले कुट्नुहुन्छ भनेकी थिइन्। बिहान त शब देखे।’

निर्वाचनको भोलिपल्ट सोमबार श्रीमानले कुटे भन्दै गीताले हात, खुट्टा र टाउको चो देखाएको उनको भनाइ छ। उनले भनेकी थिइन्, ‘श्रीमान्ले मराणसन्न हुने गरि कुन्छन्। घर निकाला गरेका छन्। डरले राति घर जान पनि सकेकी छैन।’ उनको परिवार राजविराज नगरपालिका–१ चनौरामा कोठामा भाडा लिएर बस्दै आएको छ।

उनका श्रीमान दुई वर्षअघि वैदेशिक रोजगारीमा गएका थिए। डेढ वर्षसम्म पैसा पनि पठाएका थिए । श्रीमान घर फर्केको दुई महिनापछि नै कुटपिट गर्दै आएको उनले बताएकी थिइन्।

गाउँकै एउटी महिलासँग आफ्नो श्रीमानको सम्बन्ध रहेको गीताले बताएकी थिइन्। तिनै महिलासँगको सम्बन्धका कुटिपट घरनिकाल गरेको उनी दुखेसो गर्थिन्।

आरोपी रजक पक्राउ
श्रीमती हत्या आरोपमा हिरालाल रजकलाई प्रहरीले शनिवार नै पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले मृतकका श्रीमानलाई पक्राउ गरि बयान लिएको छ।

मन्जुलाको शव काका ससुराको घरमा भेटियो
रुपनी गाउँपालिका–२ लौवापारकी २० वर्षीया मन्जुला सदाको शुक्रवार बेलुकी काका ससुराको घरमा झुण्डिएको अवस्थामा शव फेला पर्यो। उनी आठ महिनाकी गर्भवती थिइन्। बिहेको भएको पाँच वर्षपछि पहिलो सन्तान पाउन लागेकी थिइन् । उनकी दिदी उषाले भनिन्, ‘उनकै परिवारले बैनीलाई झुन्ड्याएर मारे।’

मृतककी आमा फुलोदेवीले ज्वाई भारत गएको बेला छोरीलाई सासुससुराले रक्सी खाएर कुटपिट गर्ने गरेको बताइन् । कति पटक त छोरीलाई उद्धार गरेर ल्याएको उनको भनाइ छ।

दुई दिनअघि पनि ससुरा रामकण्ठ सदाले कुटेर घरबाट निकालेको र नजिकैका काका ससुरा श्रीकान्त सदाको घरमा लुकेर बसेको काकी सासूले फोनमा बताएको फूलोदेवीले बताइन्।

खाना नपकाएको निहुँमा झुण्ड्याएर मारेको आरोप छ। शुक्रबार बेलुकी छोरीलाई पूmलोदेवी जाँदा झुण्ड्याइएको अवस्था शव फेला परेको थियो।

सासुसहित चारजनालाई प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता सिंहले घटनाको अनुसन्धान भइरहेको बताए। पोष्टमार्टम रिपोर्ट आएपछि थप प्रक्रिया अगाडि बढ्ने उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *