जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ

डिसी नेपाल
१३ मंसिर २०७९ १५:५०
16
Shares

काठमाडौं । जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।  उक्त मुद्दामा फरार रहेका झापाको कनकाई नगरपालिका– ४ का ७७ वर्षीय धनपति ढुङगानालाई सोमबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।  ।

जिल्ला अदालत झापाको २०६७ पुस १३ गतेको फैसलाले जबरजस्ती करणी र डाँका मुद्दामा ६ वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना सजाय ठहर भएपछि फरार रहेका ढुंगानालाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापामा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि  भद्रपुर कारागार पठाइएको  समेत प्रहरीले बताएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *