परिजिता अमेरिकी द भ्वाइसको सेमिफाइनलमा, गायिका एलिसियाले गरिन् प्रसंसा

डिसी नेपाल
१४ मंसिर २०७९ ७:४३
1.6k
Shares

वासिंगटन डिसी। नेपाली मूलकी किशोरी परिजिता बाँस्तोलाले हरेक हप्ता हलिउडमा आफ्नो प्रभाव बढाउँदै लगेकी छिन्। उनी अमेरिकी चर्चित रियालिटी गायन शो द भ्वाइसको टप १० बाट पनि अगाडि बढ्दै सेमिफाइनलमा पुगेकी छिन्।

सेमिफाइनलमा टप ८ का बीच प्रतिष्पर्धा हुनेछ। हिजो साँझ हलिउडस्थित युनिभर्सल स्टुडियोमा प्रतिष्पर्धाका सहभागी हुँदै परिजिताले एलिसिया काराको स्कार्स टु योर व्युटिफुल शीर्षकको गीत गाएकी थिइन्।

उनले आफ्नो गीत निकै उत्कृष्ट पाराले गाएको भन्दै अंग्रेजी गीतकाे चर्चित  गायिका एलिसियाले परिजितालाई परिजिताको पोष्टमा नै कमेण्ट गरेर वधाइ र शुभकामना सन्देशसमेत पठाएकी छिन्। उनले परिजिताको आवाजको प्रसंसा गर्दै सुन्दर आवाज भन्दै आफूलाई गर्व लागेको पनि उल्लेख गरेकी छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *