मुम्बईमा दक्षिण कोरियाली युवतीमाथि दुर्व्यवहार, दुई पक्राउ

डिसी नेपाल
१५ मंसिर २०७९ १६:३१
1.8k
Shares

काठमाडौं । मुम्बईमा प्रहरीले दक्षिण कोरियाली महिलासँग दुर्व्यवहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । म्योची भनेर चिनिने हुजेङ पार्कले सामाजिक सञ्जालमा भिडियो लाइभ स्ट्रिम गरिरहेको बेला घटना मंगलबार भएको हो।

भिडियोमा एक केटाले २४ वर्षीया हुजेङ पार्कको घाँटीमा हात राखेर चुम्बन गरिरहेको देख्न सकिन्छ । समाचार एजेन्सी एएनआईका अनुसार यी दुवैमाथि यौन दुर्व्यवहारको आरोप लगाइएको छ ।

हुजेङको लाइभस्ट्रिमिङ प्लेटफर्म ट्विचमा १२,००० फलोअर्स छन्। उनी प्रायः भिडियो गेम खेल्दै खानाको भिडियो राख्छिन्।

उनी विगत केही सातादेखि भारतमा छिन् र ब्लग बनाउँदै छिन् । उनी मंगलबार मुम्बईको खार क्षेत्रमा आफ्ना फलोअर र मानिसहरूसँग कुरा गरिरहेकी थिइन्, जब दुईजनाले उनलाई दुर्व्यवहार गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *