बाजुरापछि दोलखा (ख) मा पनि रोकियो मतगणना

डिसी नेपाल
१६ मंसिर २०७९ १४:१७
292
Shares

काठमाडौँ। बाजुरापछि दोलखामा पनि मतगणना रोकिएको छ। बाजुरामा मुचुल्काभन्दा बढी मत खसेको देखिएपछि प्रतिनिधिसभाको मतगणना रोकिएको थियो।

बाजुराको हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्काभन्दा बढी मत आएपछि मतगणना रोकिएको हो। प्रतिनिधिसभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेकोभन्दा ४० मत बढी खसेको पाइएको थियो।

यता, दोलखा (ख) मा खसेको मतमध्ये मतपेटिकामा १४७ मत नभेटिएपछि मतगणना स्थगित भएको छ। अहिले सुरक्षा निकायका प्रमुख र मुख्य निर्वाचन अधिकृतको टोली छलफलमा बसिरहेको छ। उक्त छलफलपछि सर्वदलीय बैठक बोलाउने तयारी भएको छ । यो प्रदेशमा कांग्रेसबाट बर्मा लामा र एमालेका भरत केसी प्रतिस्पर्धामा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.