विदेशी कम्पनीलाई चीनमा लगानीका लागि स्वागत गर्ने चिनियाँ प्रधानमन्त्रीको भनाइ

डिसी नेपाल
१६ मंसिर २०७९ १५:१६
116
Shares

बेइजिङ।  चीनले विदेशी फर्म वा कम्पनीले चीनमा लगानी गर्न चाहेमा यसको स्वागत गरिने चीनले जनाएको छ। चीनका प्रधानमन्त्री ली खछ्याङले बिहीबार बेइजिङमा युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिशेलसँग भेटवार्ता गर्दै चीनमा लगानी जारी राख्न विदेशी कम्पनीहरूलाई स्वागत गरेको बताएका हुन्।

लीले दुवै पक्षलाई एकअर्काका लागि थप खुला गर्न आह्वान गर्दै चीन आफ्नो खुलापनको आधारभूत राज्य नीतिप्रति सदैव प्रतिबद्ध रहने बताए। यसले बजार–आधारित र कानून–आधारित अन्तर्राष्ट्रिय व्यापार वातावरणलाई बढावा दिन जारी राख्ने र सबै प्रकारका कम्पनीहरूलाई समान र निष्पक्ष रूपमा व्यवहार गर्ने विश्वास गरिएको छ।

चीनले आफ्नो वित्तीय क्षेत्रलाई निरन्तर खुला गर्ने र योग्य विदेशी संस्थागत लगानीकर्ताहरूबाट थप लगानीलाई प्रोत्साहित गर्ने र घरेलु वित्तीय स्थिरता कायम गर्ने लीले बताए। चीनले चिनियाँ मुद्रा (आरएमबी) को विनिमय दरको आधारभूत स्थिरता कायम गर्न र यसलाई उचित र सन्तुलित स्तरमा राख्न प्रयास गर्ने उनले बताए।

“चीन पारस्परिक सम्मान र समानताको आधारमा युरोपेली सङ्घसँग सहयोग बढाउन र चीन–ईयू व्यापक रणनीतिक साझेदारीको सुदृढ र स्थिर विकासलाई बढावा दिन मतभेदहरूलाई उचित तरिकाले सम्बोधन गर्न तयार छ,” प्रधानमन्त्री लीले भने।

भेटमा दुवै पक्ष स्वतन्त्र व्यापार र अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलाको स्थिरताको रक्षा गर्न र जलवायु परिवर्तन, ऊर्जा सुरक्षा र अन्य विश्वव्यापी चुनौतीहरूलाई संयुक्त रूपमा सम्बोधन गर्न सहमत भएका छन्।

उनीहरूले युक्रेन सङ्कटबारे विचार आदानप्रदान पनि गरेका थिए।

उक्त अवसरमा चीनले शान्तिपूर्ण रूपमा सङ्कट समाधान गर्ने हरेक प्रयासलाई समर्थन गर्ने र रचनात्मक भूमिका निर्वाह गरिरहने चिनियाँ नेता लीले बताए। मिसेलले इयूले एक चीन नीति लाई पछ्याएको र ईयू–चीन नेताहरूको पछिल्लो बैठकलाई सफल बनाउन उत्सुक रहेको बताए।

मिसेलले चिनियाँ कम्युनिष्ट पार्टीका पूर्व नेता तथा चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *