सान फ्रान्सिस्को प्रहरीले ‘मान्छे मार्न सक्ने रोबोट’ प्रयोग गर्न अनुमति पायो

डिसी नेपाल
१७ मंसिर २०७९ १०:०५
232
Shares

काठमाडौं । अमेरिकाको सान फ्रान्सिस्कोमा प्रहरीले यस्तो रोबोट प्रयोग गर्ने अनुमति पाएको छ जसले मान्छेको ज्यान समेत लिन सक्नेछ ।

सुपरभाइजर बोर्डको नयाँ निर्णय अनुसार विष्फोटक पदार्थले सुसज्जित रोबोटलाई चरम अवस्थामा प्रयोग गर्न सकिनेछ ।

प्रहरीले अहिले घातक रोबोटको यो विधि प्रयोग नगर्ने बीबीसीलाई बताएको छ । त्यसको प्रयोग आवश्यक पर्दा भविष्यमा यस्तो अवस्था आउन सक्ने उसको भनाइ छ ।

धेरैले यसको विरोध गरिरहेका छन्, तर पक्षमा रहेकाहरूले यो कठिन परिस्थितिमा निकै उपयोगी साबित हुने बताएका छन् ।

तर उच्च पदमा बसेका थोरै व्यक्तिहरूले मात्र तिनीहरूलाई प्रयोग गर्न अनुमति दिन सक्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *