सिद्धु मुसेवाला हत्याका मास्टरमाइन्ड गोल्डी ब्रार अमेरिकाबाट पक्राउ

डिसी नेपाल
१७ मंसिर २०७९ १०:२१
2.4k
Shares

काठमाडौं । पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्याको मुख्य योजनाकार मानिने गोल्डी ब्रार अमेरिकामा हिरासतमा परेका छन् । पञ्जाबका मुख्यमन्त्री भगवन्त सिंह मानले पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन् ।

भगवन्त मानले अहमदाबादमा भने, “क्यानडामा बसेको ग्याङ्गस्टर गोल्डी बरार आज बिहान अमेरिकामा समातिएको छ। क्यालिफोर्निया प्रहरीले हामीलाई सम्पर्क गरेको छ। छिट्टै गोल्डी ब्रारलाई भारत ल्याइनेछ र उसलाई कडा भन्दा कडा सजाय दिइनेछ। धेरै परिवारले न्याय पाउनेछन्।”

यस वर्ष मे २९ मा सिद्धु मुसेवालाको हत्या भएको थियो । उनीमाथि खुलेआम गोली चलेको थियो, जसका कारण उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीले लरेन्स बिश्नोई गिरोहलाई आक्रमणको संदिग्धको रूपमा नाम दिएको छ। बिश्नोई सन् २०१५ देखि जेलमा छन् । मुसेवालाको हत्याको जिम्मेवारी लरेन्स बिश्नोई गिरोहसँग सम्बद्ध गोल्डी ब्रारले लिएका थिए ।

यसअघि इन्टरपोलले गोल्डी ब्रारविरुद्ध दुईवटा मुद्दामा रेड कर्नर नोटिस जारी गरेको थियो ।

सन् २०२१ मा युवा अकाली दलका नेता विक्की मिद्दुखेराको हत्याको बदला लिन सिद्धु मुसेवालाको हत्या गरिएको पञ्जाब प्रहरीले पनि दाबी गरेको थियो।

प्रहरीको दावी अनुसार गोल्डी ब्रारले विदेशमा बसेर सिद्धु मुसेवालाको हत्याको सम्पूर्ण योजना बनाएको र लरेन्स बिश्नोईसँग मिलेर आफ्ना शूटरमार्फत हत्या गरेको हो ।

लरेन्स र गोल्डी दुवै चण्डीगढको पञ्जाब विश्वविद्यालयमा विद्यार्थी राजनीतिमा सक्रिय थिए। अबोहर जिल्लाका लरेन्स चण्डीगढको डीएभी कलेजमा अध्ययनरत थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *