‘लश्कर-जैश जस्ता पाकिस्तानी आतंकवादी समूह अफगानिस्तान जाँदैछन्’

डिसी नेपाल
१७ मंसिर २०७९ १०:२४
184
Shares

काठमाडौं । अफगानिस्तानका पूर्व सुरक्षा प्रमुखले तालिबान सरकारले लश्कर-ए-तैयबा र जैश-ए-मोहम्मद जस्ता आतंकवादी समूहहरूलाई अफगानिस्तानमा आफ्नो आधार स्थापना गर्न अनुमति दिएको दाबी गरेका छन्।

अफगान गुप्तचरका पूर्व निर्देशक रहमतुल्लाह नबिलले द हिन्दूलाई एउटा अन्तर्वार्ता दिएका छन् जसमा उनले भारतले तालिबानसँग वार्ता जारी राख्नुपर्छ तर आफ्नो सुरक्षालाई बेवास्ता नगर्ने बताएका छन्।

तालिबानको सहयोगमा भारतलाई लक्षित गर्ने लश्कर-ए-तैयबा र जैश-ए-मोहम्मद जस्ता पाकिस्तानी आतंकवादी समूहहरूले अफगानिस्तानलाई आफ्नो नयाँ आधार बनाएका छन् र अब उनीहरूले राम्रो प्रविधिको पहुँचमा रहेको चेतावनी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *