बिहे गर्न नमान्दा युवतीलाई फ्ल्याटबाटै अपहरण !
सांकेतिक तस्बिर
काठमाडौं । युवतीले बिहे गर्न नमान्दा उनलाई आफ्नो फ्ल्याटबाटै अपहरण गरिएको छ । यस घटनाको भिडियो फुटेज पनि बाहिर आएको छ । फुटेजमा दुई जना पुरुषले युवतीलाई जबरजस्ती लैजाँदै गरेको देखिन्छ । अपहरणको घटना बालिकाको १८ औं जन्मदिनको लगत्तै भएको थियो ।
यो घटना रुसको हो । रुसका कैयौं क्षेत्रहरूमा अझै पनि पुरानो परम्परा कायम रहेकाले स्थानीय सञ्चारमाध्यममा युवतीको अपहरणलाई ‘दुलही चोरी’ भनेर देखाइएको थियो।
१८ वर्षीया युवती बेला रभोयनले २० वर्षीय अमिक श्मोयनसँग विवाह गर्न अस्वीकार गरिन् । ग्याजेटा डर आरयु सँग कुरा गर्दै एक व्यक्तिले अमिक बेलाको प्रेममा रहेको बताए । उनैले युवतीलाई अपहरण गरेका थिए ।
यस विषयमा बेलाका बुबाले प्रहरीमा हराएको उजुरी दिएका थिए । रुसी अनुसन्धान समितिले अभियुक्त अमिक श्मोयानलाई पक्राउ गरेको जनाएको छ । अमिकका बुबा र भाइ वान्टेड लिस्टमा छन्। अमिकलाई हिरासतमा लिएर सोधपुछ भइरहेको छ ।
बेलाले आफूलाई अपहरण गरी निजनी नोभगोरोड क्षेत्रमा लगिएको बताइन्। तर, केही दिनपछि उनी आफैं अपहरणकारीको चंगुलबाट मुक्त भइन् र प्रहरीमा पुगेर घटनाबारे जानकारी गराएकी थिइन् ।
घटनाको अर्को भिडियो पनि सार्वजनिक भएको छ, जसमा बेलाका बुबा अभियुक्त अपहरणकर्ताको परिवारद्वारा सञ्चालित क्याफेमा बन्दुक हल्लाउँदै गरेको देखिन्छ । तर, यो अवधिमा उनले कुनै फायरिङ गरेनन् ।
यो अपहरणको घटना किन घट्यो, यसको पछाडिको अवस्था के थियो ? यसको कारण अझै स्पष्ट भइसकेको छैन । युवतीको बुवाले अर्कै धनी परिवारमा बिहे गराउन चाहेको दाबी पनि भइरहेको छ । यस विषयमा अनुगमन भइरहेको छ ।







डिसी नेपाल







Facebook Comment