अपराधिक गिरोहका सदस्यलाई पक्राउ गर्न १० हजार सुरक्षाकर्मी परिचालन

डिसी नेपाल
१८ मंसिर २०७९ १३:०१
800
Shares

सान साल्भाडोर। अपराधिक गिरोहविरुद्धको वृहत दमनको एक अंशको रूपमा करिब १० हजार सुरक्षाकर्मीले एल साल्भाडोरको सोयापांगो सहरलाई घेरा हालेका छन्। सहरतर्फ जाने सम्पूर्ण सडक अवरुद्ध भएका छन् र गिरोहका सदस्यहरूलाई पक्राउ गर्न विशेष फौजले घरमा खोजी कार्य गरेको छ।

अधिकारीहरूले शहर छोड्ने प्रयास गर्ने सबैलाई रोकेका छन् र कागजातहरू जाँच गरिरहेका छन्। पछिल्लो कारबाही यस वर्षको सुरुमा हिंसामा बृद्धि भएपछि गिरोहहरू विरुद्धको ठूलो दमनको एक हिस्सा हो।

हालसम्म १२ जना पक्राउ परेको न्यायमन्त्रीले बताए। सोयापांगो एल साल्भाडोरको सबैभन्दा ठूलो शहरमध्ये एक हो। यहाँ २ लाख ९० हजारभन्दा बढी मानिसहरू बसोबास गर्छन्। राजधानी सान साल्भाडोरबाट मात्र १३ किलोमिटर (८ माईल) पश्चिममा रहेको यो सहर लामो समयदेखि गिरोह गतिविधिको केन्द्रको रूपमा परिचित छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *