पाँच केजी अवैध गाँजासहित सिन्धुलीबाट दुई मोटरसाइकल बरामद

डिसी नेपाल
१८ मंसिर २०७९ १३:३५
144
Shares

काठमाडौँ। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-८ पत्राबाट पाँच किलो अवैध गाँजासहित दुई वटा मोटरसाइकल बरामद गरिएको छ।

शनिबार राति प्रहरी चौकी क्यानेश्वरबाट खटिएको टोलीलाई देख्नासाथ सिन्धुलीबाट मकवानपुरतर्फ आउँदै गरेको ना२३प ८७८३ र प्र. ३-०१७ प ७५६१ नम्बरको मोटरसाइकलमा सवार चार जना मोटरसाइकल छाडेर भागेका थिए।

उक्त मोटरसाइकल चेकजाँज गर्ने क्रममा गाँजा फेला परेको प्रहरीले जनाएको छ। फरार व्यक्तिहरूको खोजी गरिरहेको पनि प्रहरीले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *