सजिलो सेवा अब पोखरामा, सेवा प्रदायकले मासिक १५०,००० सम्म आम्दानी गर्ने अवसर
काठमाडौँ। नेपालको पहिलो डिजिटल सर्भिस मार्केटप्लेस (सेवा बजार), ‘सजिलो सेवा’ले पोखरामा आफ्नो सेवा विस्तार गरेको छ। अब पोखरेली सेवाग्राहीहरुले सजिलो सेवाको एप प्रयोग गरेर विभिन्न घरायसी सेवाहरु जस्तै प्लम्बिंग, इलेक्ट्रिकल, देखि होम सलून सम्म एकै ठाउँमा प्राप्त गर्न सक्नेछन्।
सन् २०१७ देखि काठमाडौँ उपत्यका भित्र संचालनमा आएर ५०,००० भन्दा धेरै अर्डर सम्पन्न गरेको कम्पनीले पहिलो पटक काठमाडौँ उपत्यका बाहिर सेवा विस्तार गर्न लागेको हो।
कम्पनीका सेल्स तथा मार्केटिङ प्रमुख कविश भक्त श्रेष्ठका अनुसार सजिलो सेवाले सन् २०२७ सम्म देशभर १०,००० भन्दा धेरै युवाहरुलाई रोजगारी प्रदान गर्ने लक्ष लिएको छ र त्यसै अनुरुप आक्रामक ढंगले देशभर सेवा विस्तार गर्ने योजनालाई प्राथमिकता दिएको छ। हालसम्म कम्पनीले २५० भन्दा धेरै सेवाग्राही मार्फत ५० भन्दा धेरै सेवा प्रदान गर्दै आइरहेको छ।
पोखरामा पनि मध्यम वर्गीय जनसंख्याको संख्या बढ्ने क्रममा छ l यसका साथै पोखरा नेपालको पर्यटन क्षेत्रको केन्द्रबिन्दु पनि हो र पर्यटन क्षेत्रको प्रवर्धन गर्न गुणस्तरीय सेवा अपरिहार्य रहने हुनाले यहाँको घर, अफिस तथा पर्यटकहरुलाई सजिलो सेवा सान्दर्भिक हुने हुनाले यहाँ सेवा विस्तार गर्न लागेको श्रेष्ठले बताए।
सजिलो सेवा पोखराका प्रमुख बिमल बास्तोलाका अनुसार पोखराको बजारमा सजिलो सेवाको प्रवेशले यहाँको बजारमा सेवाको गुणस्तरमा उल्लेख्य सुधार आउने छ l सेवा प्रदायकहरु सजिलो सेवासंग जोडिन धेरै उत्सुक रहेको देखिएको र अहिलेनै ४० जनाले आफूलाई दर्ता गरिसकेको बास्तोलाले बताए l पोखरामा सजिलो सेवासंग जोडिन चाहने व्यक्ति तथा संस्थाले कम्पनीको वेबसाइट www.sajiosewa.com, एप वा ०६१५७८३३३ मार्फत आफ्नो नाम टिपाउन सक्ने छन्।
उपत्यका भित्रका सेवाग्राहीलाई पारदर्शी ढंगले सहुलियत दरमा गुणस्तरीय सेवा प्रदान गर्न नाम कमाएको सजिलो सेवाले आफ्नो सेवा प्रदायकहरु माझ मासिक रु. २०,००० देखि १५०,००० सम्म कमाउन सक्ने अवसर प्रदान गर्ने छवी बनाएको छ। सेवाग्राहीले पहिलो ३ महिनासम्म सजिलो सेवाको एपमार्फत अर्डर गर्दा “sajiloapp” प्रोमो कोड प्रयोग गरेर ५० प्रतिशत छुट प्राप्त गर्नेछन्। पोखरा पछि नेपालका अन्य प्रमुख सहरहरुमा पनि छिटै सेवा विस्तार गर्ने कम्पनीले जानकारी गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment