धनगढी उपमहानगरद्वारा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन
धनगढी । धनगढी उपमहानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । मंगलबार एक सूचना जारी गर्दै उपमहानगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्र पर्ने १९ वटै वडामा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको जनाएको हो।
उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा बिरामी तथा सुत्केरीहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको उपमहानगरद्वारा जारी पत्रमा उल्लेख छ। सेवा लिनका लागि उपमहानगरपालिका वा एम्बुलेन्स चालकलाई ९७६५३२२२४५ मा सम्पर्क गर्न सूचनामा आग्रह गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment