कर्तव्यनिष्ट भएर काम गर्न महानिरीक्षक सिंहको निर्देशन

डिसी नेपाल
२० मंसिर २०७९ २३:२१
76
Shares

सोलुखुम्बु । नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले कर्तव्यनिष्ट भएर काम गर्न निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको आज निरीक्षणका क्रममा उनले कार्यरत प्रहरी अधिकृत तथा जवानलाई नियमावलीमा भएका व्यवस्थालाई कडाइका साथ पालना गर्दै कर्तव्यनिष्ट भएर काम गर्न निर्देशन दिएका हुन्।

व्यक्तिगत लाभभन्दा सङ्गठनको हित र विकासलाई प्राथमिकतामा राखेर आफूलाई प्राप्त जिम्मेवारी इमान्दार, अनुशासित र उत्तरदायी तबरबाट पूरा गर्नुपर्नेमा प्रहरी महानिरीक्षक सिंहले जोड दिए। प्रहरी राज्यको अङ्ग भएकाले त्यसको सही कार्य सम्पादनबाट नागरिकले न्याय पाउने उनको भनाइ छ ।

प्रहरी महानिरीक्षक सिंहले पर्यटकीय जिल्ला सोलुखुम्बुमा भ्रमणका लागि आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको आवागमनलाई सहज बनाउन पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिलाई निर्धक्क यात्रा गर्ने वातावरण बनाउन निर्देशन दिए । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको निरीक्षण पश्चात् उनी यहाँ आएका हुन् । फाप्लुबाट हेलिकप्टरमा लुक्ला हुँदै उनी आजै काठमाडौं फर्किएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.