आज पूर्णिमा व्रत, चन्द्रमाले पूर्ण आकार लिने
काठमाडौं। आज पूर्णिमा व्रत रहेकाे छ। मंसिर महिनाकाे तिथिले भाेलि बिहीबार परे पनि पूर्णिमाकाे व्रत बस्नेले बुधबार नै बस्नुपर्नेछ। यस दिन विशेष गरी भगवान शिव र विष्णुको पूजा अर्चना गरिन्छ। सर्वाधिक चम्किलो र तेजिलो देखिने चद्रमाले यस दिन आफ्नो पूर्ण आकार ग्रहण गरेको हुन्छ।
बुधबारको दिन व्रत बस्नाले चन्द्रमाको कृपा प्राप्त हुने, स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने जनविश्वास रहिआएको छ। आजको दिन भगवान विष्णुलाइ गरिने पूजाअर्चनालाई सत्यनारायणको स्वरुप पनि मानिन्छ।
पूर्णिमाकाे व्रत बिहान सूर्योदय भएसँगै सुरु हुने र साँझमा चन्द्रोदय भएसम्म बस्ने गरिन्छ। साँझमा चन्द्रोदयपछि चन्द्रमाको दर्शन गरी व्रत समापन गरिन्छ। यसैबीच, मंसिर शुक्ल पूर्णिमा भाेलि बिहीबार परेकाे छ । यसदिन उधाैली उधौली पर्व, धान्यपूर्णिमा र योमरी पुन्हि पनि मनाउने चलन छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment