तनहुँमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ घाइते

डिसी नेपाल
२२ मंसिर २०७९ १६:१९
164
Shares

तनहुँ । तनहुँमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

आँबुखैरनी गाउँपालिका-२ मार्की चोकमा बिहीबार भएको सवारी दुर्घटनामा स्याङ्जाको हरिनास गाउँपालिका(२ की ५५ वर्षीया लालुमाया थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।

आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको बा३ख २७ १६ नम्बरको माइक्रो बस सोही दिशातर्फ जाँदै गरेको ना७ख २४७८ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो । घाइतेमध्ये एकजनाको चितवन कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ । अन्य नौजनाको तनहुँको आँबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *