हल्ट प्राइज नोबेल कलेज अनक्याम्पसको अभिमुखीकरण कार्यक्रम सम्पन्न

डिसी नेपाल
२३ मंसिर २०७९ १०:१५
148
Shares

काठमाडौँ। विद्यार्थीहरूका लागि महत्वपूर्ण मानिने हल्ट प्राइज प्रतियोगिता यस वर्ष ‘रिडिजाइनिङ फेसन’ भन्ने नाराका साथ नोबेल कलेजमा सुरु भई सकेको छ।

हल्ट प्राइज अन्तर्गतको पहिलो चरण अनक्याम्पसको अभिमुखीकरण कार्यक्रम क्याम्पस निर्देशक स्वस्तिका बज्रचार्य र उनको १६ सदस्सीय आयोजक समितिद्वारा कलेज परिसरमा, व्यवस्थापन र स्वास्थ्य विज्ञानका विद्यार्थीलाई दिएर सम्पन्न भएको छ।

यस अभिमुखीकरणमा हल्ट प्राइजको इतिहास,यसको महत्व, यस वर्षको नारा, टिम दर्जा र टिमका फाइदा बारेमा प्रकाश पर्नुका साथसाथै यसमा भाग लिँदा ध्यान दिनुपर्ने कुराहरूमा पनि चर्चा गरिएको छ।

‘हल्ट प्राइज नोबेल कलेजको पहिलो संस्करण: अभिमुखीकरण कार्यक्रम सभ्य, भव्य र सफलताका साथ समाप्त भयो।’ सहक्याम्पस निर्देशक लस्ता चौधरीको भनाई छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *