ठूलाे परिमाणकाे गाँजासहित मकवानपुर र सर्लाहीबाट पाँच जना पक्राउ

डिसी नेपाल
२३ मंसिर २०७९ १४:५१
80
Shares

काठमाडौँ। मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट अवैध लागूऔषध गाँजाको धुलो ३८ केजीसहित सोही गाउँपालिका–७ बस्ने ३५ वर्षीय हरिकृष्ण अधिकारीसमेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

अपरिचित मानिसले बोरामा शंकास्पद सामान बोकी हिँडेरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई बिहीबार दिउँसो पक्राउ गरेको हो।

यस्तै, सर्लाहीको कबिलासी नगरपालिका–१० सलेमपुर बस्ने ४५ वर्षीय शिवनारायण रायसमेत तीनजनालाई अवैध लागूऔषध गाँजा तीन सय ग्राम र नगद एक हजार पाँच सय ८० रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

रायले आफ्नै भैसी फर्ममा गाँजा बिक्री गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कबिलासीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा र नगद सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *