चितवनको आँपटारीबाट ठूलो परिमाणमा सालको चिरान काठ बरामद

डिसी नेपाल
२३ मंसिर २०७९ २१:२१
1.5k
Shares

चितवन । भरतपुर महानगरपालिका वडा नम्वर १ आँपटारीस्थित जलदेवी सामुदायिक वनबाट सालको काठ बरामद भएको छ । डिभिजन वन कार्यालय चितवनले आज सामुदायीक वनले लुकाएर राखेको ४८ क्यूफिट सालको चिरान काठ बरामद गरेको हो ।

जलदेवी सामुदायीक वनले पर्यापर्यटन कार्यक्रम अन्तरगत जिप लाइन सञ्चालन गरेको छ । त्यसको टिकट काउण्टरमा सालको काठ राखिएको सूचनाका आधारमा चेक गर्दा हामीले ४८ क्यूफिट चिरान काठ बरामद भएको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले बताए ।

अनुसन्धनकै क्रममा रहेकाले अहिले नै काठ अवैध हो भन्न नसकिने उनको भनाइ छ । जलदेवी सामुदायीक वनले भने पर्यापर्यटनको विकासका लागि समितिबाट निर्णय गरेर सालको काठ राखिएको दाबी गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *