सेती नदीमा एक युवकको शव फेला

डिसी नेपाल
२४ मंसिर २०७९ १८:१५
800
Shares

डोटी । डोटीमा सेती नदीमा बगेर एक युवकको मृत्यु भएको छ । शिखर नगरपालिका–२ कठालीका ३५ वर्षीय गोविन्द बोगटीको बगेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

स्थानीयले शनिबार दिउँसो नदीमा तैरिरहेको अवस्था उनको शव देखेका थिए । प्रहरी र स्थानीयको सहकार्यमा उनको शव निकालिएको थियो ।

मृतकको शव पोष्टमर्टमका लागि अस्पताल लगिएको छ । नदी किनारमा जाँदा चिप्लिँदा बगाएको हुनसक्ने प्रारम्भीक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *