गोरखामा क्यान्सर स्कृनिङ शिविर आयोजना

डिसी नेपाल
२५ मंसिर २०७९ ११:०४
16
Shares

काठमाडौं। क्यान्सर रोगको निदान र उपचारमा सहयोग पुर्‍याउने उद्देश्यकासाथ स्थापित सामाजिक संस्था राजेश मेमोरियल क्यान्सर रिलिफ फाउण्डेसनले भक्तपुर क्यान्सर अस्पतालसमेतको आयोजनामा गोरखामा विशेष क्यान्सर स्कृनिङ शिविर सम्पन्न गरेको छ।

शनिबार गोरखा नगरपालिकाको वडा नम्बर ७, डण्डीडाँडामा आयोजित ‘क्यान्सर स्कृनिङ परीक्षण शिविर’मा १ सय ३९ जना महिलाहरूको पाठेघर तथा स्तन परीक्षण गरियो।

उक्त शिविरमा भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक डा. सुजाता विष्टसहित १२ जनासम्मिलित स्वास्थ्यकर्मीको टोलीले महिलाहरूको स्वास्थ्य परीक्षण गरेको फाउण्डेसनका अध्यक्ष जनार्दन आचार्यले जानकारी दिए।

स्वास्थ्य शिविर पूर्व गोरखा नगरपालिका वडा नं. ७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले शिविर आयोजकहरूलाई धन्यवाद दिँदै महिला दिदीबहिनीहरूलाई आफ्नो स्वास्थ्यप्रति सजग र सचेत रहन आग्रह गरे।

फाउण्डेसनका अध्यक्ष जनार्दन आचार्यले क्यान्सर स्कृनिङ शिविरको औचित्यमाथि प्रकाश पार्दै संस्थाले मुलुकका विभिन्न स्थानमा गएर स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी गराए ।

राष्ट्रिय वाणिज्य बैंकको सौजन्यमा संचालित स्वास्थ्य शिविरमा भक्तपुर क्यान्सर अस्पतालले बिरामीहरूलाई निःशुल्क औषधि वितरण गरेको आचार्यले जानकारी गराए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *