कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

डिसी नेपाल
२५ मंसिर २०७९ १९:४१
64
Shares

धनगढी । कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । शनिबार राति भीमदत्त नगरपालिका-३ जनज्योति चोकबाट उनीहरू पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका ३ बस्ने २७ वर्षीय दिनेश कुँवर र सोही नगरपालिका ४ बस्ने ३८ वर्षीय अनिलसिंह रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो कञ्चनपुरबाट खटिएको प्रहरीले दिनेशलाई १ ग्राम ९५ मिलिग्राम र अनिललाई ३ ग्राम ९ मिलिग्राम लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *