आगो ताप्ने क्रममा जलेर पाल्पामा वृद्धको मृत्यु

डिसी नेपाल
२६ मंसिर २०७९ २१:१६
72
Shares

पाल्पा । पाल्पामा आगो ताप्ने क्रममा जलेर सोमबार एक वृद्धको ज्यान गएको छ । ज्यान गुमाउने ७५ वर्षीय खिमबहादुर विक रहेका छन् ।

रिब्दिकोट गाउँपालिका–१ जोरपोखरी कोटखेराका विकको घरको अगेनामा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

खरले छाएको कच्ची घरमा आगो बालेर ताप्ने क्रममा अचानक आगलागी भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *