कस्तो छ आजको मौसम ?

डिसी नेपाल
२७ मंसिर २०७९ ६:३४
68
Shares

काठमाडौं। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। प्रदेश १, मधेश, बागमती र लुम्बिनीमा आंशिक बदली रहेको छ। दिउँसो प्रदेश १, मधेश र गण्डकीमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिक बदलीको सम्भावना छ। बुधबार प्रदेश १, मधेश र बागमतीमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ।

तराईका केही भूभागमा बिहानीपख हुस्सु लाग्न थालेको छ । देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै गएको छ। चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *