नरोत्तम मिश्राले पठान फिल्मको गीतमा दीपिका पादुकोणलाई लिएर आपत्ति जनाए
काठमाडौं । मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले शाहरुख खानको आगामी फिल्म पठानमा अभिनेत्री दीपिका पादुकोणको पहिरनमा आपत्ति जनाएका छन् । चलचित्र पठानको एउटा गीत १२ डिसेम्बरमा रिलिज भएको थियो । गीतको शिर्षक हो– बेशरम रंग । यस गीतमा दीपिका पादुकोणको पहिरनलाई लिएर सामाजिक सञ्जालमा धेरैले प्रश्न उठाइरहेका छन् । धेरैले यसलाई अशोभनीय भनेका छन् ।
अब मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले दीपिका पादुकोणलाई कथित टुक्डे टुकडे गिरोहको समर्थक भनेका छन् । नरोत्तम मिश्रले लेखेका छन्, ‘पठान फिल्मको गीतमा टुक्डे टुकडे गिरोहकी समर्थक अभिनेत्री दीपिका पादुकोणको पहिरन निकै आपत्तिजनक छ र गीत भ्रष्ट मानसिकताका साथ खिचिएको छ । गीतका दृश्य र वेशभूषा सच्याउनुपर्छ, नत्र मध्यप्रदेशमा फिल्म चल्न दिने कि नदिने, सोच्ने विषय हो ।’
फिल्म #Pathan के गाने में टुकड़े-टुकड़े गैंग की समर्थक अभिनेत्री दीपिका पादुकोण की
वेशभूषा बेहद आपत्तिजनक है और गाना दूषित मानसिकता के साथ फिल्माया गया है।
गाने के दृश्यों व वेशभूषा को ठीक किया जाए अन्यथा फिल्म को मध्यप्रदेश में अनुमति दी जाए या नहीं दी जाए,यह विचारणीय होगा। pic.twitter.com/Ekl20ClY75— Dr Narottam Mishra (@drnarottammisra) December 14, 2022
जनवरी २०२० मा, केही मुखौटा लगाएका व्यक्तिहरूले विद्यार्थी र शिक्षकहरूलाई निशाना बनाए र दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयको क्याम्पसमा तोडफोड गरे। यसपछि दिल्लीलगायत देशका धेरै ठाउँमा विद्यार्थी र अन्यले घटनाको निन्दा गर्दै विरोध प्रदर्शन गरेका छन् ।
त्यतिबेला दीपिका पादुकोण पनि जवाहरलाल नेहरू विश्वविद्यालय पुगेकी थिइन् र आक्रमणमा परेका विद्यार्थीप्रति आफ्नो समर्थन व्यक्त गरेकी थिइन् । दीपिकाले त्यतिबेला विद्यार्थी संघकी अध्यक्ष ऐशी घोषलाई पनि भेटेकी थिइन्, जसलाई चोट लागेको थियो ।
यद्यपि, दीपिका पादुकोणले त्यहाँ जम्मा भएका मानिसहरूलाई सम्बोधन गरिनन्, तर केही मानिसहरूसँग कुरा गरेपछि उनी फर्किन्। त्यतिबेला दीपिका पादुकोणको फिल्म ‘छपाक’ रिलिज हुन लागेको थियो । जनताले उनको जेएनयूमा पुग्नुलाई फिल्मको प्रमोशनसँग जोडे र छपाक बहिष्कारको माग पनि उठ्न थालेको थियो ।







डिसी नेपाल







Facebook Comment