महानगरको बिकासमा सबैले हातेमालो गर्नुपर्छः मेयर शाह
काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले बढ्दै गएको शहरी चापका कारण काठमाडौं शहरको व्यवस्थीत बसोबास र सौन्दर्यता एवं मौलिकता कायम राख्न चूनौति सिर्जना भएको बताएका छन् ।
२८ औं महानगर दिवसको अवसरमा बिहीबार काठमाडौंको बसन्तपुरमा आयोजित बिशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले बिभिन्न अवसरको खोजीमा राजधानी शहर काठमाडौंमा भित्रने जनसंख्या बढ्दै गएकाले व्यवस्थीत बसोबास र सौन्दर्यता एवं मौलिकता कायम राख्न चूनौति सिर्जना भएको बताएका हुन् ।
उनले वर्तमान परिवेशमा व्यवस्थीत सफा र सुन्दर शहर निर्माणका लागि आवश्यक पूर्वाधारको बिकास गर्न र शहरी क्षेत्रको बासिन्दाहरुको जीवजनस्तरमा सुधार ल्याउन तत्काल ठोस कार्यक्रम जरुरी भइसकेको धारणा पनि राखे । प्राकृतिक स्रोत र साधनको अत्याधिक प्रयोगले वातावरण तथा सरसफाइमा प्रतिकुल असर परिरहेकाले उक्त चूनौतिहरुसँग जुध्दै महानगरलाई बसोबासयोग्य र पर्यटनमैत्री बनाउन महानगरले महत्वपूर्ण भूमिका खेल्दै आएको उनको भनाई छ । मन्त्री चौधरीले महानगरको बिकासमा मन्त्रालयले सदैव सकारात्मक सहयोग गर्ने प्रतिवद्धता जनाए ।
त्यस्तै काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह महानगरको बिकासमा सवैले हातेमालो गर्नुपर्ने बताए । उनले महानगरलाई थप प्रविधियुक्त बनाएर आफ्ना कामहरुलाई जनमैत्री बनाइएको जानकारी दिए ।
त्यस्तै महानगरकी उपप्रमुख सुनिता डंगोलले महानगरको निर्माणमा सवैको साथ सहयोग आवश्यक रहेको धारणा राखिन् । कार्यक्रममा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सोबिता गौतम लगायतको सहभागीता थियो भने बिभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment