मिलको फितामा बेरिएर धनुषामा एक महिलाको मृत्यु
काठमाडौं । धनुषामा धान कुट्ने मिलको फितामा बेरिएर एक जनाको ज्यान गएको छ ।
मिथिला बिहारी नगरपालिका–५ ललिया बस्ने ३५ वर्षीया कालोदेवी साहको धान कुट्ने मिलको फितामा बेरिएर मृत्यु भएको हो ।
धान कुटाउने क्रममा मिलको फितामा सारी र बर्को बेरिन गइ मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले हाल फरार धान कुट्ने मिलको व्यक्तिहरूको खोजी गरिरहेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment