सामसङद्वारा त्रिवि इन्स्टिच्युट अफ इन्जिनियरिङमा ‘सामसङ इनोभेसन क्याम्पस’को उद्घाटन
काठमाडौं। विश्वको अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स र स्मार्टफोन ब्राण्ड सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर (CSR) कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाघटन गरेको छ।
यस कार्यक्रम अन्तर्गत सामसङले नेपालका युवाहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्स जस्ता प्राविधिक सीपहरूमा तालिम दिइने छ। जसले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्याउँछ।
सामसङ इनोभेसन क्याम्पसको उद्घाटन नेपाल सरकारका माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, सामसङ साउथ वेस्त एसियाका नेपाल कार्यालयका हेड सुङ जुन पार्क, राजदूत पार्क चोङ सुकले गरेका थिए। पुल्चोक क्याम्पसमा आयोजित यस समारोहमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशिधर राम जोशी, रेक्टर त्रिभुवन विश्वविद्यालयका डा. शिवलाल भुसालको सहभागिता रहेको थियो।
यसले भविष्यको प्राविधिक सीपहरूमा युवाहरूलाई तालिम दिएर नेपालप्रति प्रतिबद्धता रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार कार्यक्रमको एक हिस्साको रूपमा युवाहरूलाई वास्तविक जागिरको लागि सीपहरू र माग अनुसारको प्राविधिक सीपहरू प्रदान गरिनेछ। जसले उनीहरूको डिजिटल साक्षरता, सिकाउने क्षमता, रचनात्मकता र रोजगारीमा सुधार गर्नेछ।
“सामसङमा, सह-समृद्धि हाम्रो मुख्य मूल्यहरू मध्ये एक हो र हामी सधैं यसको समर्थनमा छौं। हाम्रो ग्लोबल CSR कार्यक्रम सामसङ इनोभेसन क्याम्पस मार्फत, हामीले नेपालका युवाहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेका छौं। AI, LOT बिग डाटा र कोडिङ र प्रोग्रामिङ जस्ता उच्च प्रविधि क्षेत्रहरूमा उनीहरूको सीप वृद्धि गर्ने लक्ष्य राखेका छौँ, जसको आजको व्यवसायहरूमा धेरै माग छ”, सामसङ साउथ वेस्त एसियाका नेपाल कार्यालयका हेड सुङ जुन पार्कले भने।
No ads found for this position

डिसी नेपाल
Facebook Comment