स्कुल अफ म्यानेजमेन्टको स्पोर्टस सप्ताह सम्पन्न

डिसी नेपाल
१ पुष २०७९ १२:५१
136
Shares

काठमाडौं । व्यवस्थापन संकाय अर्न्तगतको स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयमा स्पोर्टस सप्ताह २०२२ सफलतापूर्वक सम्पन्न भएको छ । मंसिर २४ देखि २८ गते ५ दिनसम्म चलेको प्रतियोगिता बुधबार एक कार्यक्रमकाबीच पुरस्कार वितरण गर्दै सम्पन्न भएको थियो ।

व्यवस्थापन संकायका डिन डा. डिल्लीराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा शर्मा सहित कार्यकारी निर्देशक डा. गोबिन्द तामाङ र उपनिर्देशक डा. गङगाराम विश्वकर्माले मन्तव्य राखेका थिए । यस्तै शुशान्त महर्जन, दिनेश ओली र सिसम बजगाईले समेत आफ्नो महत्वपूर्ण भनाई राखेका थिए ।

कार्यक्रमको संयोजन शुशान्त महर्जन तथा टोलिको नेतृत्व दिनेश ओलीले गरेका थिए । प्रतियोगितामा फुटबल, क्रिकेट, भलिबल, बास्केट बल, चेस, म्यूजिकल चेयर, टेबल टेनिस, १०० मीटर दौड, घैटो फोड र टग अफ वार लगाएतका खेलहरु सञ्चालन भएका थिए ।

प्रतियोगीतामा करिब ३०० जना विद्यार्थीहरुले विभिन्न खेलहरु मार्फत सहभागिता जनाएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *